काठमाडौँ: वर्षाका कारण देशभरको हवाइ सेवा प्रभावित भएको छ। काठमाडौं विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन्।
अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन्।
‘आज दिनभरि नै पानी पर्छ। बिहीबार अलि कम भए पनि शुक्रबारबाटमात्र मौसममा सुधार हुने देखिन्छ,’ पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले बताए ।
Facebook Comments Box
