काठमाडौँ: सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ ।

 

तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ ।

 

 

भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम बेरुजु देखिएको छ ।

 

१५ वर्षयता भत्ताको ९ अर्ब पेस्की फस्र्योट हुन बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर काफ्लेले सम्बन्धित गाविस सचिवले कागजात पेस नगरेको बताए ।

 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version