काठमाडौँ: प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् ।

 

प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन ।

 

 

यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो ।

 

 

पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्चाइएको छ ।

 

 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्त दिएर राखेका छन् ।

 

 

यिनै विज्ञका कारण यस्ता गल्ति दोहोरिने गरेका छन् । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो बन्न पुगेको छ ।

 

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन् । यो समाचार वसन्त खड्काले नागरिक दैनिकमा लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version