काठमाडौँ: नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ ।

 

 

थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनीयाँ पक्षले नेपाल

 

 

एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, ग्वाङझाउ, कुन्मिङ, छेन्द् र सिआनमा उठान भर्नुका साथै अन्य ८ वटा गन्तव्यमा आफैं स्वतन्त्रता दिएको हो ।

 

 

वाइडबडीको अभाव र वायुसेवाको कमजोर व्यवस्थापनका कारण झन्डै एक दशकदेखि नेपाली विमानले चिनीयाँ आकाशमा फेरो लगाउन पाएका छैनन् ।

 

 

यसैबीच, हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने संख्यालाई ९८ पुर्‍याइएको छ । दुबै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडान भन्दा बढी गर्न पाउने छैनन् । एउटा उडानमा २ सय सिट बराबर सम्झौता हुने भएकाले यो सम्झौताअनुसार, सातामा १९ हजार ६ सय हवाई यात्रु ओहोरदोहोर गर्न सक्ने छन् ।

 

यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्साल र सुरज कुँवरले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version