काठमाडौं ः आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरर्गतको एसियाली छनोट प्रतियोगितामा फाइनल खेलमा नेपालले सिंगापुरसंग ८२ रनले पराजय व्यहोरेको छ ।

 

टस जितेर पहिले व्याटिंग गरेको सिंगापुरले नेपालसामु १९२ रनको ठुलो चुनौती पेश गरेको थियो ।

 

सिंगापुरको इन्डियन एसोसियसन खेल मैदानमा भएको खेलमा सिंगापुरका लागि डेविड टिमोथीले ४३ बलमा ७७ रनको योगदान गर्दा नेपालसामु ठुलो स्कोर खडा भएको छ।

 

ओपनिङ्गमा आएका आर रोहणले ३३ बलमा ४९ रनको योगदान गरे भने मध्यक्रममा आएका मन्प्रित सिङ्गले २७ बलमा ४२ रनको योगदान रहंदा सिंगापुरले ६ विकेटको क्षेतीमा १९१ रनको बनाएको हो।

 

नेपालका लागि बसन्त रेग्मीले चार ओभरमा ५४ दिएका थिए भने ए बोहोराले ३५ रन खर्चेका थिए।

नेपालका लागि ए बोहोराले ४ विकेट लिए भने कारण केसीले २ विकेट लिएका थिए।

 

जवाफी व्याटिंगमा आएको नेपालका उपकप्तान ज्ञानेन्द मल्लले सर्वाधिक ३९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३, कप्तान पारस खडकाले १२, सोमपाल कामीले ११ रन बनाउँदा अन्य खेलाडी दोहोरो रन बनाउन नपाउँदै आउट भए ।

 

सिंगापुरका सेलाडोर विजयकुमारले ४, भिनोथ बास्करणले २, जनक प्रकाश, अम्जाद मेहबुब र अनन्थ कृष्णले १–१ विकेट झारे ।
सिंगापुर विरुद्ध खराब प्रदर्शन गरेको नेपालले, यो खेलसंगै विश्वकप खेल्ने अन्तिम अवसर गुमाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version