काठमाडौँ: धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए ।

 

मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।

 

 

राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी कपलवस्तुतको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमामा केही दिन काम गरे । एजेन्टले भनेअुसार तलब पाइनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मा¥यो, उनी छाँगाबाट खसेझै भए ।

 

 

कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगीएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् ।

 

 

छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा एमस्टेप प्रोग्रेसिव प्रालिले सञ्चालन गरेको नेटवर्किङ व्यावसायमार्फत धेरै नेपाली ठगीएका हुन् ।

 

प्रारम्भिक रुपमा उनीहरुबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा मनोज पौडेलले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version