काठमाडौं ः स्कूल विभागमा कुरा नमिल्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि पनि विवाद टुंग्याउने सम्भावना क्षिण बनेपछि आज आइतबार बस्ने भनिएको बैठक भोली सारिएको छ ।
स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि नेकपाको सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन ।
पूर्वमाओवादी पक्षले नारायणकाजी श्रेष्ठलाई स्कूल विभाग प्रमुखमा प्रस्ताव गरेको छ ।
दुई पक्षबाट भिन्नाभिन्नै प्रस्ताव आएपछि निष्कर्षमा पुग्न समस्या भएको एक नेताले बताए ।
