काठमाडौँ: काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

 

 

आज दिउँसो भएको उक्त घटनापछि गम्भीर घाइते श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा ज्यान गएको हो । घटनाको कारण भने खुलेको छैन । श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकासप्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ ।

 

 

उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version