काठमाडौं ः एनएमबी बैंकको एनएमबी फिफ्टी नामको सामुहिक लगानी कोषको आइपिओ आज साउन १३ गतेदेखि बिक्रि खुला भएको छ ।

 

एनएमबी कोष प्रवर्दक र एनएमबी क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको यस बैंकको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई आइपिओमा आजदेखि लगानी गर्न सकिन्छ ।

१० रुपैयाँ अंकित मुल्य रहेको फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड २० लाखकित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।

 

साउन १३ देखि १६ गतेसम्म इकाई बिक्रि खुला रहने यस कोषको सबै इकाई खरिदको लागि यस अवधिसम्ममा आवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन खुला रहनेछ।

 

साढे १२ करोड इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ।

 

यस हिसाबमा १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छुट्याईएको छ ।

 

क्यापिटलले यस योजनामा नेप्सेका उत्कृष्ट ५० कम्पनीमा मात्र लगानी गर्ने जनाएको छ ।

 

कम्पनी फरक फरक रहेपनि जम्मा कम्पनीको संख्या भने ५० वटा नै हुने क्यापिटलले जनाएको छ ।

 

योजना व्यवस्थापक एनएमबि क्यापिटलले कोषबाट लगानीकर्तालाई दोस्रो बर्षदेखि हरेक बर्ष १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने प्रतिबद्दता गरेको छ।

 

७ बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले कुल १४९।८ प्रतिशत प्रतिफल पाउने बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version