काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

 

आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ ।

 

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ ।

 

यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।

 

विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उनको भनाइ थियो ।

 

प्रवक्ता डङ्गोलले भने , “माग भएकामध्ये पनि बढी आवश्यक ठाउँमा अहिले बनाएर अरु स्थानमा प्रक्रिया अघि बढाइनेछ ।”

 

टेकु, त्रिपुरेश्वर लगायतका स्थानमा पनि आकाशेपुल निर्माणको माग भएको छ ।

ती स्थानमा पनि पहिले अध्ययन गरेर डिजाइनको काम अघि बढाइनेछ ।

 

चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो ।
सडक विस्तारका क्रममा रहेको भन्दै काम नगरिएको प्रवक्ता डङ्गोलले बताए ।

 

काठमाडौँमा सवारी साधनको चाप बढेसँगै आकाशेपुलको माग बढिरहेको छ ।

 

काठमाडौँका सवारी चाप बढी भएका स्थानमा समेत पुल नहुँदा पैदलयात्रु सडकबाटै बाटो काटिरहेका छन् ।

यसले गर्दा एकातिर सडकमा जाम हुने र अर्कातिर यात्रुलाई बाटो काट्न मुस्किल रहेको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version