काठमाडौं : पार्टीका तल्ला तहका अन्तरिम संरचना गठन गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
१४ औँ महाधिवेशनको तयारी र पार्टीको अन्तरिम संरचना गठन गर्न बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम हिजो सकिएको छ ।
बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो १ वजेपछि बस्दैछ ।
आज पदाधिकारीले धारणा राखेपछि निर्वाचनमा जाने या सहमतिबाट अन्तरिम संरचना गठन गर्ने भन्ने निर्णय लिईने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
पार्टीको अन्तरिम संरचनाको बिषयलाई लिएर नेताहरुले फरक फरक धारणा राखेका कारण यो बैठक गएको असार २२ गतेदेखि जारी छ
Facebook Comments Box
