काठमाडौं : ललितपुर महानगरपालिका १८ बुङमतीमा ग्याँस सिलिण्डर लिक भई सोमबार राति आगलागी भएको छ ।

 

बुङमती बस्ने काभ्रे नमोबुद्ध घर भएका ४५ वर्षीय शंकर थापाको टहरामा आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

यसैबीच भोजपुर नगरपालिका १० बस्ने शेरबहादुर राईको घरमा सोलारको लाईन सर्ट भई हिजो सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version