काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।
उनको सपथ ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।
यो मन्त्रालयमा जिम्मेवार मन्त्रीपद खाली हुँदा भिजिट नेपाल २०२० को कार्यक्रम अगाडि बढन सकेको थिएन ।
Facebook Comments Box
