काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा योगेश भट्टराईले पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले आफूले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने भन्दा पनि उनीहरुबाट सिक्ने बताए ।

 

 

मन्त्री भट्टराइले जिम्मेवारी सम्हाल्दै आफूले के–के गर्ने भन्ने सन्र्दभमा प्रधानमन्त्रीसँग करार सम्झौता गर्नुपर्ने बताउँदै सल्लाह गरेर केही दिनभित्र गर्ने बताए । आउने एक बर्ष के गर्ने हो प्रधानमन्त्रीले त्यो खोजेको बताउँदै अन्य मन्त्रालयले आज सम्झौता गरेपनि आफ्नो मन्त्रालयले केही दिन पछि गर्ने उल्लेख गरे ।

 

 

उनले जे हुन सक्छ त्यो गर्ने र गर्न नसकेको कुरा पारदर्शी ढंगले बताउने उल्लेख गरे । उनले सञ्चार जगतसँग नभाग्ने बताउँदै सञ्चार जगतको भूमिका ठूलो रहेको बताए । उनले भने–‘पत्रकार साथीहरु क्यामेरा लिएर मलाई खिचिराख्नु भएको छ, हामी तपाईहरुको निगरानीमा छौँ, तपाईहरुको निगरानीमा हाम्रो मन्त्रालयको टिम छ, म त्यो पनि अपेक्षा गर्छु कि देश बनाउने दायित्व प्रधानमन्त्रीको, मन्त्रीको मन्त्रालयका सचिवको मात्र हैन हामी सबैको हो, सञ्चारकर्मीको पनि दायित्व हो । देश बनाउने कुरामा यहाँहरुको भूमिका पनि रहन्छ भन्ने मैले अपेक्षा गरेको छु ।’

 

 

उनले आफू पत्रकारहरुका लागि खुल्ला रहेको बताए । यस्तै उनले मन्त्रालयमा कार्यालय सहयोगीदेखि सचिवसम्म समान रहेको जस्तै पहिले जस्तो आइसो गइसो नचल्ने बताए । उनले सबैका लागि तपाई सम्बोधन पर्याप्त हुने बताए ।

 

 

उनले काम देखाउन सकेको अवस्थमा खादा लगाउनुको अर्थ हुने बताए । उनले भने– ‘मलै आज सचिवज्यूलाई खादा माला केही नल्याउनु भनेको थिएँ, सायद सूचना पुगेन होला, यो हाम्रो परम्परा हो, मैले यो अपेक्षा गरेको छु, कि यो मन्त्रालय मैले छोडेर जाँदा तपाईहरुले लगाइदिएको खादा मालाको महत्व हुन्छ, त्यसको अर्थ पनि हुन्छ, त्यस हिसाबले हामीले काम गर्नुपर्नेछ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version