काठमाडौं: महानगरीय प्रहरी वृत्त थानकोटले एक किलो सुनसहित एकजनालाई बुधबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् ।

 

 

प्रहरीलाई झुक्याउन सामान्य जस्तो लाग्ने गरी बा ९० प २७३६ नम्बर मोटरसाइकल चढेर राजधानी आउंदै गरेको अवस्थामा उनलाई हिजो साँझ नागढुंगामा शंका लागेर छेक जाँच गर्दा उक्त परिमाणको सुन बरामद गरिएको हो।

 

 

रसुवाबाट काठमाडौं आउँदै गरेको बिशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको थानकोट वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

 

 

उनले कम्मरमा पेटीले बाँधेर सुन ल्याएका थिए ।

 

 

उनको साथबाट बरामद भएको वस्तु नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा लाग्छ थापाले भने ।

 

सुन केरुङ नाका हुँदै काठमाडौं भित्राएको प्रहरीको प्रारम्भिक अनुमान छ। तामाङ अहिले थानकोट प्रहरी वृतको नियन्त्रणमा छन् । बरामद सुन र पक्राउ व्यक्ति राजस्व अनुसन्धान विभाग पठाउने तयारी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version