काठमाडौं: जापानी कम्पनी ह्युमन रिसोसियाले फेरी नेपाली ईन्जिनियरलाई जापानमा रोजगारीको अवसर दिने भएको छ। नेपाल ईन्जिनियरिङ कलेजका ४ विध्यार्थीहरुलाई सो कम्पनीले अघिल्लो वर्ष रोजगारी दिएको थियो।

सो अवसर पाउनेहरुमा २०१५ ब्याचका कम्प्युटर ईन्जिनियर सुसन माडिकर्मी र सुबास निरौला, २०१५ ब्याचकै ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियर एडा रिजाल र २०१४ ब्याचका कम्प्युटर ईन्जिनियर ईसारा देसार हुन्।

एडा रिजाल तिनै विध्यार्थी हुन् जसको टिमले अमेरिकामा भएको ईमेजिन कप ( २०१८ नामक विश्वब्यापी प्रतियोगिता जितेकी थिइन्।

नेपाल ईन्जिनियरिङ कलेजमा हालै सो कम्पनीले लगातार दोश्रो वर्ष पनि जब फेयर गरेको छ। सो सो जब फेयरका संयोजक कम्प्युटर साईन्स तथा ईन्जिनियरिङ बिभागका प्रमुख ई. दिनेश डंगोलका अनुसार ३० विध्यार्थीहरुलाई सो कम्पनीले इन्टरभ्यू परीक्षा लिएको थियो। २००१, २०१२, २०१४ र २०१५ ब्याचका कम्प्युटर ईन्जिनियरिङ, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियरिङ र ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स ईन्जिनियरिङका विध्यार्थीहरुले इन्टरभ्यू परीक्षा दिएका थिए।

परीक्षाबाट ७ विध्यार्थीहरुलाई छनौट गरिएको थियो। उनीहरुको स्कील परीक्षा नेपाल ईन्जिनियरिङ कलेजको आई.सि.टि. सेन्टरमा जापानबाटै अनलाईन लिइएको थियो। सो परीक्षाबाट अन्तमा ४ विध्यार्थीहरु छनौट गरिएको छ।

यसरी छनौट हुनेहरुमा ईन्जिनियर भर्खरै सकाएका सञ्जय बम्जोन, करण कसौला, सन्दिप मल्ल र अन्तिम वर्ष पढ्दै गरेका विनय राज बिष्ट रहेका छन्। नेपाल ईन्जिनियरिङ कलेजले अघिल्लो वर्ष देखि २५५ सहुलियतमा कम्प्युटर ईन्जिनियरिङ र ५०५ सहुलियतमा ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन ईन्जिनियरिङ सञ्चालन गर्दै आएको छ। रोजगारी पाएका विध्यार्थीहरुले जापानको आइटी क्षेत्र र रोवोटिक्समा भएको विकासले आफुलाई आकर्षित गरेको बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version