काठमाडौं : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

आज विहीबार पाँच सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।

बुधबार ६९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य आज बिहीबार ५०० रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 

त्यस्तै छापावाला सुन भने बिहीबार तोलाको ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

एक सातादेखि लगातार बढिरहेको सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

 

सुनसंगैं चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।

 

बुधबार चाँदी ८१० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाामा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

 

सुनको मूल्य आकासिँदा बजार भने सुनसान भएको छ । बजारमा सुन खरिदकर्ता भन्दा पनि पुराना सुनचाँदी बेच्ने उपभोक्ताको संख्या बढेको सुन पसलेको भनाई छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version