काठमाडौं :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साउन २३ गते विहीबार साँझ ४ बजे राष्‍ट्रको नाममा सम्बोधन गर्दैछन ।

जम्‍मू(कश्‍मीरबाट अनुच्‍छेद ३७० समाप्‍त गरेपछिको यो उनको पहिलो संबोधन हुनेछ ।

ऑल इंडिया रेडियोले ट्वीट गरेर यससम्बन्धी जानकारी दिएको हो । मोदी हिजो बुधवार नै राष्‍ट्रलाई संबोधन गर्ने तयारीमा थिए । तर बीजेपी नेता एवं पूर्व विदेश मंत्री सुषमा स्‍वराजको निधनका कारण त्यो हुन सकेन ।

आजको आफनो सम्बोधनमा जम्मू(कश्मीर को विशेष दर्जाको अन्त्य र त्यसलाई दुई केन्द्र शासित क्षेत्रमा विभाजित गर्ने फैसलाबारे बोल्ने सम्भावना रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन ।

प्रधानमन्त्री मोदीले पछिल्लो पटक देशलाई लोकसभा चुनावभन्दा अगाडि २७ मार्चमा सैटेलाइट रोधी मिसाइल द्वारा एक जीवित सैटेलाइटलाई ढाल्न सक्ने क्षमताको घोषणा गर्दा राष्ट्रको नाममा सम्बोधन गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version