काठमाडौँ: सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई पक्राउ गरेको हो।

सडक डिभिजन कार्यालय पोखरा अन्तर्गतको सडक निर्माणको काम मिलाइदिने भनी घुस लिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेल र घुस दिने ठेकेदार ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले घुस रकम नौ लाखसहित नियन्त्रणमा लिएको हो।

अख्तियारले घुसको प्रबन्ध मिलाउने सडक डिभिजनकै ईन्जिनियर पवित्रमणि आचार्यलाई समेत नियन्त्रणमा लिएको छ।

सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी जिएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ डिई पाखरेलको निवासमा पुगी घुस रकम नौ लाख दिएर त्यहाँबाट फरार भएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version