लहान: धान रोपाइँका समयमा अत्यधिक माग हुने रासायनिक मलको कालोबजारी गरिरहेको आरोपमा प्रहरीले सिरहाबाट दुई जना व्यापारीलाई आज पक्राउ गरेको छ ।

युरिया र डिएपिलगायतका रासायनिक मल कालोबजारी गरिरहेको सूचनाका आधारमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरस्थित रोहित खाद्य भण्डार तथा जनरल स्टोरका सञ्चालक सन्तोषप्रसाद गुप्ता र अनिल खाद्य एवं जनरल स्टोरका सञ्चालक स्थानीयवासी भागिरथ साहलाई पक्राउ गरेको हो ।

इजाजतपत्रबिना मलको डिपो सञ्चालन गरी नेपालमापर्ने मूल्य भन्दा बढी मूल्य लिई मलखाद बिक्री वितरण गरी कालोबजारी गरिरहेको सूचनाका आधारमा प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

सो क्रममा गुप्ताको पसलबाट युरिया मल २२ बोरा, डिएपी मल चार बोरा, हिरा मल दुई बोरा, सरदार मल एक बोरा र पोटास एक बोरा तथा साहको डिपोबाट युरिया मल १४ बोरा, डिएपी मल एक बोरा तथा खुल्ला तीन पोका बरामद् भएको प्रवक्ता बोहराले बताउनुभयो । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयल्याई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version