काठमाडौं : देशका पूर्वी, मध्य तथा पश्चिमका स्थानहरूमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित भएकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको उल्लेख छ।

मनसुनको न्यून चापिय रेखा विस्तारैमाथि सरेर औसत स्थानमा आउने सम्भावना रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

आइतबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। पहाडि भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version