काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ ।

 

नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ ।

 

यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बीमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बीमा ३७.६६ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड ५९ लाख ५९ हजार ४६८ बराबरको शेयर कारोवार भयो ।

 

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु दुई करोड ७९ लाख ९७ हजार ११४, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ३७ लाख ३८ हजार ५३१, नेपाल बैंक लिमिटेड रु एक करोड १८ लाख ४४ हजार ७६६, कृषि विकास बैंक रु एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड सात लाख ६३ हजार २७६ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

 

स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेशन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २.३३ प्रतिशतले कमाएका छन् ।

 

यस्तै एनसिसि बैंक ९.९१, जोशी हाइड्रोपावर ८.१०, पाँचथर पावर ८.०२, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.१३, आशा लघुवित्त ३.५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version