धनुषा : एमबिएस परीक्षाको प्रश्नपत्र लिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै उनीहरुले प्रश्नपत्र म्यासेन्जरबाट लिक गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
Facebook Comments Box
