काठमाडौं : केहि दिन स्थिर रहेको सुनको मूल्य आज मंगलबार फेरि उकालो लागेको छ ।

आज ह्वात्तै एक हजारले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा काराबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँले बढेर ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

केही सातायता नया उचाइमा पुग्दै आएको सुनको बजार भने शून्य प्रायः छ । नयाँ सुन खरिद गर्ने ग्राहक भन्दा पुरानै सुन बेच्ने ग्राहकले सुन पसल भरिएका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version