काठमाडौं : सूर्या लाइफ इन्स्योरेन्सको आज मंगलबारसम्म कायम शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन ।

कम्पनीले आगामी भदौ ८ गतेदेखि निष्काशन गर्न लागेको हकप्रदमा साउन २८ गतेसम्म शेयरधनीको किताबमा नाम लेखाइसक्नुपर्ने छ ।

इन्स्योरेन्सको साउन २७ गते धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४५२ रुपैयाँमा शेयर कारोबार भएको छ ।

इन्स्योरेन्सले आगामी भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ।

साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाखको हकपद बिक्री गर्न लागेको हो।

 

कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

 

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ ।

 

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले सूर्या लाइफको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ।

 

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version