काठमाडौं : भारतबाट विषादी परीक्षण गरी केही मात्रामा तरकारी नेपाल आयात हुन थालेका छन ।
प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकृत रामकृष्ण सुवेदीले अदालतको फैसलापछि विषादी परीक्षण गरेर मात्रै नेपालमा तरकारी भित्राउने योजना अनुसार आयात हुन थालेको बताए ।
सर्वोच्च अदालतले तरकारी र फलफूल आयात गर्दा विषादी परीक्षण नगरी नल्याउन केही समय अगाडि आदेश दिएको थियो ।
यही आदेशलाई कार्यान्वयन गर्दै यतिवेला विषादी परीक्षणपछि आलु, प्याज, कागती, लौका परवल आदी कालीमाटी तरकारी बजारमा आउन थालेको छ ।
Facebook Comments Box
