काठमाडौं : राजधानीको सानो भ¥याङस्थित एक होटलमा प्याकेटको जगदम्बा दूध उमाल्ने वित्तिकै रंग परिवर्तन भएको छ ।भक्तपुरस्थित जगदम्बा डेरी फुड एण्ड वेभरेज प्राइभेट लिमिटेड नामक कम्पनीबाट उत्पादित दूध उमाल्दा रंग परिवर्तन भएको हो ।

 

सफा भाँडामा सेतो दूध उमाल्दा रातो भएको होटल सन्चालक कमला शाक्यले बताइन ।

 

सोही विषयमा सम्बन्धित दूध उत्पादक कम्पनीका सुपरभाइजर राकेश बस्नेतलाई सोध्दा प्रशोधित दूध मा त्यस्तो समस्या नभएको दाबी गरे ।

 

उनले दुध उमाल्ने भाँडा नै फोहोर भएको अथवा दुधको एक्पायर डेट गुज्रिएको वा दुध स्टोर गरिएको तापक्रम नमिलेका कारण पनि दुध उमाल्ने वित्तिकै रंग फेरिएको हुन सक्ने अनुमान लगाए ।

 

उनले आफुले गरेको अनुमान भन्दा अरु नै कारणले त्यस्तो भएको पाइएमा त्यसबारे अनुसन्धान गरी क्षतिपूर्ति बेहोर्ने बताए ।

 

यसैबीच नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक दिपक ज्ञवालीले आफूलाई जगदम्बा दूधकोबारेमा जानकारी नै नभएको पहिलोक्लिकलाई बताए।

 

उनले भने, “जगदम्बा स्टिल र फलामबारे मात्रै थाहा छ, जगदम्बा दूध पनि बजारमा पाइन्छ र ? ”

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version