काठमाडौँ: प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।
उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैवीच प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ ।
बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्याउदा राति साढे एक बजेको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थय परीक्षण गरिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राािखएको छ । उनीहरुलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
