गोरखा:समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताउनु भएको छ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उहाँले सो कुरा बताउनु भएको हो ।

‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ अध्यक्ष डा भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताउनुभयो ।

उहाँले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकता सहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले बिचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै बर्ग, क्षेत्र, लिङग् तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका सांसद डा. भट्टराईले उत्पादन बृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राख्नुभयो । उत्पादनमा बृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक सम्बृद्धि हुन नसक्ने उहाँको भनाई छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version