काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा सम्बोधन गर्दैछन् ।
बिहान ११ बजे बस्ने भनिएको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ । केहीबेरमै संसद बैठक सुरु हुन लागेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुका साथै समसामयीक राजनीतिक विषयमा सम्बोधन गर्ने तयारी भएको छ । ओलीको सम्बोधनपछि सांसदहरुले उठाएका केही जिज्ञासाको पनि जवाफ दिने कार्यसूची रहेको छ।
युरोप घुमेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले गएको असार ३ गते नै संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो तर प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् अवरोध गरेपछि त्यो हुन सकेको थियो ।
विपक्षी कांग्रेसका सांसदहरुले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादव प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै संसद् अवरोध गरेका थिए ।
कांग्रेसको मागपछि पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको थियो । समिति गठन पछि संसदको अवरोध खुलेको हो ।
लाइभ हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस
http://hr.parliament.gov.np/np/parliamentLive
