काठमाडौं : एक साता अघि मात्रै सिंगापुरमा उपचार गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जाँदै छन ।
फलोअपका लागि भन्दै उनी फेरि यसै साता सिंगापुर जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार मिति भने यकिन भइसकेको छैन । मिर्गाैलाको नियमित औषधि सेवन गरिरहेका ओलीले सिंगापुरका डाक्टरले प्रेस्क्राइब गरेको औषधिको प्रभावबारे जाँच गर्न त्यहाँ जान लागेका हुन ।
गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली एक सातापछि फर्किएका थिए ।
Facebook Comments Box
