काठमाडौं : तीजमा सुनको व्यापार बढ्ने आशा गर्ने व्यापारीहरु निराश हुँदै गएका छन ।
पोहोर साल यही तीजको समयमा ४५ केजी सुन विक्रि गर्दै आएका व्यवसायीमा यो वर्ष तीजको समयमा पनि व्यापार शुन्य हुँदा निराशा छाएको छ ।
अहिले बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार पुगेको छ । त्यस्तै तेजावी सुन प्रतितोलाको ७० हजार सात सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए ।
हिजोदेखि स्थिर रहेको सुन बजारमा तीजका बेला केही माग आउँला भन्ने आश गरेका शाक्यले व्यापारमा खासै सुधार नआएका व्यवसायीहरु निराश भएको बताए ।
उनले तीज लगत्तै दशै आउने भएकाले त्यो समयमा सुनचाँदीको व्यापार बढ्न सक्ने आशा व्यक्त गरे ।
केही साताअघि मात्रै सुनको भाउ प्रतितोला ६५ हजारबाट ७१ हजार पाँच सय सम्म पुगेको थियो ।
महंगिँदै गएको सुन चाँदीका कारण यतिबेला बजारमा उपभोक्ताको माग शून्यप्रायः छ ।
खरिदको तुलनामा विक्रि गर्ने उपभोक्ताका कारण अधिकांश सुन पसलहरु बन्द देखिन्छन ।
