काठमाडौं : नागबेली लघुवित्त वित्तीय संस्थाले २६% बोनस सेयर घोषणा गरेको छ ।

लघुवित्तले बोनसमा लाग्ने कर तिर्न लगानीकर्तालाई १ दशमलब ३६८% नगद लाभांश दिने पनि निर्णय गरेको छ ।

नागबेलीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँको बोनस सेयर र कर तिर्न २२ लाख ९४ हजार ५६१ रुपैयाँ वितरण गर्नेछ ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।

हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि नागबेलीको चुक्ता पुँजी २१ करोड १२ लाख ७६ हजार १७० पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ५५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी २१ रुपैयाँ १९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version