काठमाडौं : नेपालबाट विदेशमा जाने श्रमिकको संख्या यो वर्ष घटेको छ । गएको वर्षको तुलनामा यो वर्ष १४% ले घटेको तथ्यांकले देखाएको छ ।

खाडी राष्ट्रमा आएको आर्थिक मन्दीका कारण विदेशी श्रमबजारमा जाने युवाको संख्या घटेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

 

आर्थिक वर्ष २०७४/७५ को तथ्यांक अनुसार कतारमा एक लाख ८३ हजार ५४२ युवा श्रमिकका रुपमा पुगेका थिए भने गत आर्थिक वर्ष २०७५/७६ को असारसम्म एक लाख ६१ हजार २१५ गएका छन ।

 

त्यस्तै मलेसियामा आव २०७४/७५ मा एक लाख ३७ हजार ३११ जना गएको रेकर्ड थियो भने यो वर्ष ४२ हजार १४६ जना मात्रै श्रमका लागि गएको पाइएको छ ।

 

मलेसियाका सन्दर्भमा सरकारले कामदार पठाउँदा ठगी भएको भन्दै जेठ महिनाबाट त्यहाँ जान नयाँ कामदारलाई रोक लगाएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ठुला अन्तर देखिएको हो ।

 

त्यसैगरी कतारमा गत आवमा एक लाख ८३ हजार ५४२ रहँदा यो वर्ष एक लाख ६१ हजार २१५ पुगेको छ ।

 

यसैबीच साउदी अरेबियामा एक लाख आठ हजार ४१४ जनाले गत आवमा श्रम स्विकृती पाएका थिए भने यस साल यो संख्या बढेर एक लाख १७ हजार ९०४ पुग्यो ।

 

अनि कुवेतमा २७ हजार १४९ जना गत वर्ष गएका थिए भने यो सालमा २५ हजार ९९६ जना श्रमिक त्यहाँँ पुगे ।
त्यस्तै ओमानमा भने यो वर्ष ५% ले कामदार जाने क्रम घटेको छ ।

 

यी मूलुकमा कामदारको संख्या घटेपनि अन्य केहीमा भने यो वर्ष श्रमिकको लर्को नै लाग्यो ।

 

त्यसैगरी युएईमा गत आवमा एक लाख १४ हजार ९४१ रहँदा यो वर्ष एक लाख १९ हजार ८५५ जना त्यहाँ पुगे ।

 

गत आवको तुलनामा यो वर्ष बहराइनमा २.५%, दक्षिण कोरियामा ५.४%, अफगानिस्तानमा २१% तथा जापानमा १८.४% बढी युवा विदेशिएका छन ।

 

मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, लेबनान, इजरायल, अफगानिस्तान तथा जापान, नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मूलुकहरु रहेका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version