काठमाडौं : नेको इन्स्योरेन्सको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

समायोजनपछि आज मंगलबार नेकोको सेयर कारोबार प्रतिकित्ता ४०३ रुपैयाँ ५७ पैसालाई आधार मानेर खुलेको छ ।

भदौ १४ गते साधारण सभा बोलाएको नेकोले आज मंगलबार (भदौ ३ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यसर्थ भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सुरक्षित गर्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट १२% बोनस र कर तिर्नका लागि ०.६३% नगद लाभांश दिन लागेको हो ।

१४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण हुनेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद छुट्याइएको छ ।

हाल नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ छ ।

बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version