काठमाडौं: सरकारले काठमाडौँ-निजगढ फास्ट ट्रयाक निर्माणको विष्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ। तीन दिन अघि बसेको मन्त्रिपरिषध बैठकले डीपीआर स्वीकृत ग्गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

 

डीपीआर स्वीकृत भएको छ, अव फास्ट ट्रयाक निर्माणको बाटो खुल्यो, स्रोतले भन्यो, ‘सेनालाई काम गर्न सजिलो भयो।’
गत आसोजमा नेपाली सेनाले दक्षिण कोरियाली सुसुङ्ग इञ्जिनियरिङ्ग कम्पनि लिमिटेडलाई ६ महिनाभित्र डीपीआर तयार गर्ने जिम्मा दिएको थियो।

 

सुसुङ्गले फागुनमा रेखाङ्कन, सडकको ढांचा, लागत अनुमान, वातावरणिय प्रभाव मूल्यांकनसमेतको विशेल्षणका आधारमा निर्मंसंबंधी सबै प्रक्रियासहितको डीपीआर बुझाएको थियो।

 

चैत पहिलो साता सेनाले रक्षा मन्त्रलायमार्फत स्विकृतीका लागि दीपीअर मन्त्रिपरिषधमा पठाएको थियो। सुसुङ्गले डीपीआरमा द्रुतमार्ग निर्माण गर्न करिव १ खर्व ५५ अर्व रुपैयाँ लाग्ने उल्लेख गरेको छ। सुसुङ्गले तयार पारेको डीपीआरमा पुलको संख्या साना-ठुला गरी ८७ वटा छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version