काठमाडौँ: बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

 

 

संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

 

 

‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने,‘अर्थ समितिले अध्ययन गरिसकेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यस कारण केही समयका लागि स्थगित भएको हो ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version