काठमाडौँ: प्रधानमन्त्री केपी शमौ ओलीले आफू अझै १५ वर्ष राजनीतिक मैदानमै रहने बताएका छन्।

 

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले केही व्यक्ति आफूलाई मरिहालोस् भन्ने चाहे पनि आफू अझै १५ वर्ष मैदानमै हुने दावी गरेका हुन्।

 

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा मिडिया र सामाजिक सञ्जालमा भइरहेका चर्चा-परिचर्चा खण्डन गर्दै आफूलाई मरिहालोस् भन्ने विरोधीलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए।

 

‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्’, उनले भने, ‘मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनावको सामना गर्नका लागि तयार भएर बस्न आग्रह गर्दछु।’

 

प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा अस्तित्व रक्षाको लडाईं अहिलेदेखि नै सुरु भएको दावी गरे। ‘यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्‍या हुनाले फेरि निरास होलान् पछि भनेर। धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु। त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ’, प्रधानमन्त्री ओलीले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version