काठमाडौं: शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गर्ने भएकी छिन् ।

 

‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादै छु’ निकिताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

 

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

 

 

अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो (मंगलबार) रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै अनुसन्धानको लाथि थप सयम माग गरेको थियो ।अदालतले प्रहरीलाई रवि लगायतका तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

 

पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भनिएको भिडियो तोडमोड गरिएको र सार्वजनिक गरिएको भन्दै रविका समर्थकले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version