काठमाडौँ : नेपालको भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version