काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसी तथा च्याङ्ग्रा खरिद गर्ने तयारी अघि बढाएको छ ।

 

यसै साता बस्ने कम्पनीको बोर्ड बैठकले खसी तथा च्याङ्ग्रा किन्नका लागि बजेट व्यवस्था गर्ने महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

 

 

गत वर्ष खाद्य संस्थानले १३ सय खसी तथा च्याङ्गा्र भित्र्याइएको र त्यो अपुग हुने ठानेर संख्या बढाउन लागिएको महानिर्देशक गौचनको भनाइ छ ।

 

‘कहाँबाट कसरी किन्ने भन्ने विषय पनि बोर्ड बैठकले टुङ्ग्याउने र सुपथ मूल्य पसल पनि थप हुन्छ,’ गौचनले भने ।

 

स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी उपत्यकासहित देशैभर दाल, चामल, तेल, चिनी लगायतका अत्यवश्यक बस्तुहरु सुपथ मूल्य पसलमा उपलब्ध हुने महानिर्देशक गौचनले बताए ।

 

निजी व्यापारीलाई मर्का नपर्ने तर बजार प्रतिस्पर्धी हुने गरी सुपथ मूल्य पसल चलाइने उनले स्पष्ट पारे ।

 

मूख्य चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गर्नका लागि वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले समन्वय गर्ने गरी छलफल थालिएको पनि महानिर्देशक गौचनले जानकारी दिए ।

 

नयाँ आर्थिक वर्ष सुरु भएको एक महिनामा वाणिज्य विभागले ८४ वटा व्याबसायिक र्फमहरुमा अनुगन गरी ४१ वटालाई जरिवाना गरिएको पनि विभागले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version