काठमाडौं ः सुनको भाउ आज आइतबार एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँ पुगेको छ ।

पछिल्लो दुई दिनदेखि सुनको मूल्य स्थिर थियो ।

आइतबार चाँदिको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

पछिल्लो समय सुनको भाउ निरन्तर बढेपछि बजारमा खरिदकर्ता ज्यादै न्यून छन् ।

तीज नजिकिंदैछ । यसबेला सुनको माग बढ्ने गर्छ । तर निरन्तर भाउ बढ्दा गएका वर्षका तीजमा दिनमा ४५ केजी सुन विक्रि गर्ने व्यवसायी यतिबेला भने बजार शुन्य हुँदा निराश छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version