काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ४७.३६% लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ४५% बोनस र २.३६% नगद वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनसमा ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र नगदमा ३० लाख ५० हजार २०४ रुपैयाँ खर्च गर्नेछ ।

बोनस वितरण पश्चात मिर्मिरेको चुक्ता पुँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा छ ।

यसैबीच स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २८.१५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७५–७६ को नाफाबाट २६.७५% बोनस सेयर र कर तिर्न लगानीकर्तालाई १.४०% नगद लाभांश दिने पनि निर्णय गरेको छ ।

स्वरोजगारको अस्ति शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस र ३७ लाख ९४ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ९५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version