काठमाडौँ: चितवन नारायणगढको पोखरा बसपार्क स्थित कंगारु होटलमा गत साउन २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन ।

 

तर प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् । भुजेल मृतक पत्रकार शालिकरामले नै चलाउने कार्यक्रम मिसन न्युजसँग आवद्ध थिए ।

 

पहिलोक्लिकलाई प्राप्त अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजातहरुमा शालिकराम चितवन किन गएका थिए भन्ने तथ्य भने खुल्न सकेन। तर चितवन जानु पूर्व पत्रकार शालिकराम मानसिक रुपमा समेत तनावग्रस्त रहेको देखिन्छ।

 

आत्महत्या प्रकरणमा थुनामा परेकी रुकु भनिने अस्मिता कार्कीकी साथीले समेत बयानमा चितवन जानु पूर्व सालिकले आफूलाई फोन गरेको कुरा बताएकी छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version