काठमाडौं: पत्रकार शालिकराम पुडासैनीलाई आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

 

 

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version