काठमाडौँ:आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।

 

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो ।

 

 

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ ।

 

यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version