अछाम: मेल्लेक गाउँपालिका–७ नन्देगडामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् ।

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो ।

मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version