काठमाडौं : देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये ७३५ मा वाणिज्य बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार अझै १८ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । जसमा सबैभन्दा धेरै कर्णाली र सुदूर पश्चिम प्रदेशको ६–६ वटा स्थानीय निकायमा बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशमा जम्मा ७९ वटा र सुदूरमा ८८ स्थानीय निकाय रहेका छन् ।

प्रदेश ५ का सबै स्थानीय निकायमा वाणिज्य बैंकको पहुँच

यता, प्रदेश ५ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश ५ मा स्थानीय तहको संख्या १०९ रहेको छ । त्यसैगरी, प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, प्रदेश २ को १३६ मध्ये १३४ मा शाखा पुगेको छ । यस्तै, प्रदेश ३ को ११९ मध्ये ११७ वटा र गण्डकी प्रदेशको ८५ वटामध्ये ८४ स्थानीय निकायमा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version