काठमाडौँ: साताको शुरुआती दुई दिन लगातार दोहोरो अङ्कले गिरावट आएर लगानीकर्तालाई निराश बनाएको धितोपत्र बजारले आज लगानीर्तामा केही आश जगाएको छ ।

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मङ्गलबार र बुधबार भने लगानीकर्तामा उत्साह भर्ने ढङ्गबाट उकालो लागेको छ । मङ्गलबार झण्डै २० अङ्कले बढेको नेप्से आज ३.८७ अङ्कले वृद्धि भई एक हजार १९४.७७ पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.६३ अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीका १४ लाख २२ हजार ११२ कित्ता शेयर रु ४३ करोड ६४ लाख ४४ हजार ६८८ मा खरीदबिक्री भएको छ ।

कारोवार भएका ११ उपमूहमध्ये तीन उपसमूहको मात्र शेयर ओरालो लागेको छ । फाइनान्स ३.६, उत्पादन १९.४५ र अन्य २.१४ अङ्कले घटेको छ । यस्तै बैंकिङ ६.१, होटेल ०.३२, विकास बैंक ०.२, जलविद्युत् ०.४३, निर्जीवन बीमा २५.२, माइक्रोफाइनान्स २.८१, जीवन बीमा ८.३९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु नौ करोड ३० लाख ४१ हजार ८३९ मा खरीदबिक्री भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड एक लाख २१ हजार ७५, नागरिक लगानी कोषको रु एक करोड ९२ लाख ९५ हजार ३८४, प्रभु बैंक लिमिटेडको रु एक करोड ६३ लाख ३३ हजार ७४५, सानिमा बैङ्कको रु एक करोड ५६ लाख ६७ हजार ८७७, नेपाल लाइफ इन्सुरेन्स कम्पनीको रु एक करोड ४० लाख १८ हजार ५१७, नबिल बैंक लिमिटेडको रु एक करोड १८ लाख ३५ हजार ५३५ र शिवम् सिमेन्ट्सको रु एक करोड १२ लाख ७१ हजार ९३८ मा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक बढे पनि हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीले ३.४२ प्रतिशतले गुमाए । यस्तै सिर्जना फाइनान्स ३.४०, युनाइटेड फाइनान्स ३.२२, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.२१, कामना सेवा विकास बैंक २.५६ र बुटवल पावर कम्पनीको लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।

यसैगरी पाँचथर पावर कम्पान्ट लिमिटेडका शेयरधनीले ९.२८, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.९४, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड ४.७६, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ४.३५, गुराँस लघुवित्त वित्तीय संस्था ४.०३ र गुराँस लाइफ इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.९५ प्रतिशतले कमाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version