काठमाडौं : सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन ।
प्रधानमन्त्री ओली थाइ एयरबाट आज शुक्रबार मध्यान्ह १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो।
प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।
